श्रावण १९ । इजरायलले प्यालेष्टाइनको केही क्षेत्रमा मानवताका लागि भन्दै सात घण्टे युद्धविराम घोषणा भंग गर्दै गाजामा आक्रमण गरेको छ । स्थानीय समयअनुसार बिहान १० बजेबाट लागू गरिएको युद्धविराम राफहमा भने लागू नहुने इजरायली अधिकारीहरुले जनाएका थिए । इजरायली सेनामाथि आक्रमण भएमा युद्धविरामको अवधिमा पनि जवाफी आक्रमण गरिने छ ।
यसअघि संयक्त राष्ट्रसंघका महासचिव बान कि मुनले गाजास्थित राष्ट्रसंघले सञ्चालन गरेको विद्यालयमा इजरायलले गरेको आक्रमणलाई आपराधिक कार्य भएको भन्दै भत्र्सना गरेका थिए । आक्रमणमा १० जना मारिएका थिए ।
उक्त विद्यालयमा संघर्षका कारण पलायन भएका हजारौ प्यालेष्टाइनीले शरण लिइरहेका थिए । इजरायलले भने विद्यालय क्षेत्रमा रहेका लडाकुलाई निशाना बनाइएको दाबी गरेको छ ।
इजरायल र हमास लडाकुबीच करीब एक महिनादेखि भएको संघर्षमा १८ सय प्यालेष्टाइनी मारिइसकेका छन् भने ९ हजारभन्दा बढी घाइते भएका छन् । १८ लाख मानिस विस्थापित भएका छन् । (एजेन्सी)