इजरायलद्धारा गाजामा हमासविरुद्ध कारबाहीमा रहेका आफ्ना सबै सैनिक फिर्ता

श्रावण २० । इजरायलले गाजामा हमासविरुद्ध कारबाहीमा रहेका आफ्ना सबै सैनिक फिर्ता गरेको छ । हमास लडाकुले प्रयोग गरिरहेको सुरुङ ध्वस्त पार्ने लक्ष्य पूरा भएकोले सैनिक फिर्ता गरेको इजरायलले जनाएको छ ।
गाजामा ७२ घन्टे युद्धविराम सुरु हुन अगावै फिर्ता गरिएका ती सैनिकहरु गाजाको बाहिरी क्षेत्रमा रक्षात्मक अवस्थामा रहने छन् । हमासले बनाएका ३२ ओटा सुरुङ नष्ट गरिएको इजरायली सैनिकले जनाएको छ ।
युद्धविरामको प्रस्तावमा प्यालेष्टायनले आफ्नो भूमिमा तैनाथ गरिएको इजरायली सेना र टैंकहरु हटाउनुपर्ने, सबै खाले नाकाबन्दी खारेज गर्नुपर्नेलगायतका शर्त राखेको थियो ।
यसअघि इजिप्टले तयार गरेको युद्ध विरामको प्रस्तावमा इजरायल र प्यालेष्टायनी युद्धरत लडाकु समूह हमासलगायत सबै गुट युद्ध रोक्न तयार भएका थिए । इजिप्टको राजधानी कायरोमा भएको विभिन्न प्यालेष्टायनी गुटको छलफलपछि यो सहमति गरिएको थियो ।
युद्धबिराम नेपाली समयअनुसार बिहान ११ बजेबाट लागू भएको छ । यसअघि पनि दुई पक्षबीच भएका पटक