मोदीले दुई दिने नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शन गरेको विषयलाई लिएर भारतीय संसदमा हंगामा

 हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शन गरेको विषयलाई लिएर भारतीय संसदमा हंगामा भएको छ।
सोमबारको भारतीय लोकसभाको बैठकमा तृणमुल कंग्रेसका सांसद सुदीप बन्धोपाध्यायले मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिको दर्शन गर्ने तर, इदको शुभकामना नदिएको भन्दै आपत्ति प्रकट गरेका थिए।
बन्धोपाध्यायको भनाईप्रति सत्तारुढ विजेपी सांसदहरुले आपत्ति प्रकट गरेपछि पुनः बन्धोपाध्यायले मोदीले पशुपतिको दर्शन गरेकोमा मात्र विरोध नभई इदको शुभकामना किन नदिएको भन्ने जिज्ञासा मात्र रहेको भनाई राखेका थिए।
लगत्तै संसदीय कार्यमन्त्री बैंकया नायडुलले प्रधानमन्त्रीले इदको शुभकामना पनि दिएको बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नायडुलको भनाइबाट पनि सन्तुष्ट नभएपछि विपक्षी कांग्रेससहितका सांसदले संसदमा होहल्ला गरेपछि दुई घन्टाका लागि बैठक स्थगित भएको थियो।
फेरि सुरू भएको बैठकमा पनि विपक्षी सांसदहरुले धर्म निरपेक्ष देशको प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि एउटा विशेष धर्मलाई मात्र बढावा दिएको भन्दै नारावाजी गरेपछि सोमबारको लोकसभा बैठक स्थगित भएको छ।SETOPATI