कञ्चनपुरको महेन्द्रनगर बजार र आससपासमा फैलिएको झाडापखालाबाट थप एक जनाको मृत्यु

कञ्चनपुर, श्रावण २२ । कञ्चनपुरको महेन्द्रनगर बजार र आससपासमा फैलिएको झाडापखालाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका १५ का ४० वर्षिय गोपाल नेपाली रहेका छन् ।
झाडापखाला लागेपछि परिवारले गएराती उपचारका लागि महाकाली अञ्चल अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो । महाकाली अञ्चल अस्पतालमा झाडापखालाका दैनिक २५ देखि ३० जना बिरामीहरु आउने गरेका छन् ।
साउनको पहिलो साता भएको बर्षाले भीमदत्त नगरपालिकाको निम्बुखेडा, सालघारी लगायतका क्षेत्रहरु डुबानमा परेका कारण झाडापखाला फैलिएको थियो । यस अघि झाडापखाला लागेर एक महिलाका ज्यान गइसकेको छ । IMAGEKHABAR