काठमाडौं, श्रावण २७ । राष्ट्रपति डा. रामवरण यादवसमक्ष प्रधानमन्त्री सुशील कोइरालाले २६ सभासद मनोनयनलगायतका सबै काम अब तदारुकताको साथ सम्पन्न गर्ने बचन दिएका छन् ।
राष्ट्रपति डा. यादवलाई भेट गर्न हिजो शितल निवास पुग्नु भएका प्रधानमन्त्री कोइरालाले आफ्नो अस्वस्थतालगायत कारणले थुप्रैं काम पूरा हुन नपाएकामा अब सबै काम केही दिनमै फटाफट शुरु गरिने बताएका हुन् ।
भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सार्क सम्मेलनको तयारी, सुनकोशीको बाढी पहिरोले पारेको प्रभावलगायत विषयमा जानकारी गराएका थिए ।
राष्ट्रपति डा. यादवले संविधानसभाले आधा काम सकाउन लाग्दा पनि सभाले पूर्णता नपाएकामा चासो देखाएका थिए । संवैधानिक निकायहरु लामो समयदेखि रिक्त रहेको, राजदूत नियुक्त नगरिएकाबारेमा पनि राष्ट्रपतिले चासो देखाएका थिए । IMAGEKHABAR