पाल्पा, श्रावण २८ । पश्चिम पाल्पाको सिद्धेश्वर गाउँ विकास समिति वडा नम्बर ४ र ५ मा तीन दिनदेखि फैलिएको झाडापखाला नियन्त्रण हुन सकेको छैन । झाडापखालाको कारण अहिलेसम्म ती वडामा ४० जनाभन्दा बढी बिरामी परेका छन् ।
गम्भीर अवस्थाका दुई जनालाई काठमाडौं ल्याइएको छ भने बाँकीको पाल्पा र बुटवलमा उपचार भइरहेको छ ।
अरु विरामीलाई स्वास्थ्यकर्मीले घरघरमै गएर उपचार गरिरहेको सिद्धेश्वर स्वास्थ्य चौकीले जनाएको छ । प्रभावित गाउँमा आज औषधीसहितको टोली पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । IMAGEKHABAR