सिन्धुली, श्रावण २९ । दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको ग्वांग खोला आसपासका क्षेत्र जोखिममा परेको छ । सिन्धुलीमाडीको मधुटार, धुराबजार र बस पार्क क्षेत्र जोखिममा परेको हो ।
सतर्क रहन स्थानीयबासीलाई प्रशासनले आग्रह गरेको छ । क्षति हुनसक्ने आशंकामा जिल्लाका सबै सुरक्षा निकाय र दैवी प्रकोप उद्धार सामग्रीसहितको टोलीलाई उच्च सतर्कतामा राखिएको सिन्धुलीका प्र्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
लगातारको वर्षाले जिल्लाका ग्रामिण सडकहरु क्षतिग्रस्त हुँदा सिन्धुली सदरमुकामबाट ग्रामिण क्षेत्रमा संचालन हुने यातायातका सबै साधन बन्द भएका छन् । उता, कमला र मरिण खोलामा आएको बाढीले गएरातिदेखि खेतीयोग्य जमिन कटान शुरु गरेको छ । IMAGEKHABAR