– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । अवैध रुपमा नदीजन्य खोलाबाट गिटी ढुंगा र बालुवा लैजादै गर्दा वागी खोला र खिल्जी खोलाबाट १८ वटा टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाममा घर निर्माण गर्ने ठेकेदार, व्यापारी र ट्याक्टर मालिकले अवैध रुपमा खोलाबाट महिनौ देखि गिटी ढुंगा र वालुवा निकालेको पाईएको छ ।
असार, साउन र भदौ महिनामा नदीजन्य खोलाबाट निकल्न नपाईने नियम मिच्दै चोरी भएको बेला प्रहरीले १७ वटा वागी र एक खिल्जी खोलाबाट ट्याक्टर पक्राउ गरेको हो । खोलामा टेण्डर भएपनि असार साउन र भदौ महिनामा काम गर्न नपाईने स्थानीय विकास अधिकारी हेमराज भुसालले बताए ।
हामी ठुला वडा हौ हामीलाई कसैले केही गर्न सक्दैन भनेर अटेर गर्ने र नियम कानुनलाई मिच्ने काम भएको उनले बताए । नियन्त्रणमा लिएका सबै ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रह्री नायव निरीक्षक शुसिल घिमिरेले बताए । विशेष सुचनाका आधारमा एकै चोटी १८ ट्याक्टर नियन्त्रणमा लिएको दावी गरे । यसरी अवैध ढंगले खोला दोहन गर्नेमा बजारका ठुला ठेकेदार, व्यापारी, ट्याक्टर मालिक र केही राजनीतिक दलका नेता संलग्न रहेको स्रोतले बतायो ।