तीन दिनयता देशभर परेको लगातारको वर्षा कम हुँदै, नदी र खोलाहरुमा पानीको बहाव घट्दो

 तीन दिनयता देशभर परेको लगातारको वर्षा आजबाट कम भएको छ । यद्यपि, फाट्टफुट्ट वर्षा भने हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा कम भएसँगै नदी र खोलाहरुमा पानीको बहाव घटेको छ ।
हिजो मात्रै बाढी र पहिरोमा परेर देशभर ४४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौ बेपत्ता र हजारौं विस्तापित भएको गृह मन्त्रालयले जनाएको छ । जसमा सुर्खेतमा २१, दाङमा ६, बर्दियामा पाँच, गोरखामा दुई, रोल्पामा दुई, रुकुममा तीन, कैलालीमा दुई, चितवनमा दुई र कालिकोटमा एक जनाको मृत्यु भएको छ । बाढी र पहिरोले सबैभन्दा बढी मध्य तथा सूदूरपश्चिममा क्षति पुर्‍याएको छ ।
वर्षा रोकिएसँगै आजबाट क्षतिको विवरण संकलन गर्ने गृह मन्त्रालयले जनाएको छ ।
उता, पूर्वी पहाडी जिल्लाहरुमा वर्षा रोकिएपछि सप्तकोशी नदीमा पनि पानीको बहाव कम भएको छ । आज बिहान गरिएको मापनअनुसार कोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४९ हजार ५ सय ८५ क्युसेक पुगेको छ ।
यसअघि कोशीमा पानीको बहाव हालसम्मकै उच्च ३ लाख ४१ हजार क्युसेक पुगेको थियो । सप्तकोशीमा अहिले ५६ मध्ये ३१ ढोका खोलिएका छन् । IMAGEKHABAR