महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव एक लाख क्युसेक बढी पुगे पछि पुल कमजोर रहेको भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।


आज बिहान गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख १३ हजार ९६२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । तरकारी बोेकेका भारतीय ट्रकहरू पुल पारीनै थन्किएर बसेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पैदलयात्रु र मोटरसाइकल चालकलाई भने पुलमा आवागमन गर्न दिइएको छ । रासस