काभ्रेमा ८ वर्षीया बालिको सामूहिक बलात्कारपछि हत्या

काभ्रे, श्रावण ३१ – उग्रतारा ७ की ८ वर्षीया बालिको सामूहिक बलात्कारपछि हत्या गरिएको छ । शुक्रवार दिउँसो घरबाट हराएकी बालिकाको शव शनिवार धनेश्वर मन्दिर र आईटी पार्कको छेउमै रहेको खल्टोमा इटा ढुंगाले छोपिएको अवस्थामा भेटिएको हो ।
‘घटनाको बारेमा थप अनुसन्धान गरिरहेका छौ’, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले भने ‘शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या गरी फालिएको देखिन्छ ।’
बालिकाको खोजीमा निस्केका स्थानीयले शब फेला पारेका थिए । प्रहरी स्रोतका अनुसार घटनामा ४ जनाको संलग्नता देखिएको छ । प्रहरीले स्थानीय १५ बर्षे रोशन बोगटी र एसओएसमा पढ्दै आएका युवराज लामालाई पक्राउ गरिसकेको छ । अन्य फरार रहेका छन ।
बालिकाको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको छ । EKANTIPUR