अख्तियारद्धारा सम्पति शुद्धिकरण विभागका अधिकृत १० लाख घूस लिएको आरोपमा पक्राउ

काठमाडौ, श्रावण ३१ – अख्तियारको टोलीले सम्पति शुद्धिकरण विभागका अधिकृत शम्भुप्रसाद चालिसेलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट १० लाख रुपैयाँ घूस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
 भैसेपाटीस्थित सेवाग्राहीको निवास क्षेत्रमा घूस लिदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । सेवाग्राहीका अनुसार उनले १० लाख रुपैयाँ घूस लिएका छन् । चालिसेबाट १० लाख नगद बराबद भएको छ ।
घटनास्थलमा प्रहरीले अहिले मुचुल्का तयार गर्दैछ ।  EKANTIPUR