बर्दिया, भाद्र १ । बर्दियाको बबई नदी बाढी प्रभावित क्षेत्रहरुमा राहत नपुगेको भन्दै पीडितहरुले आक्रोश पोखेका छन् । बर्दियामा भीषण बाढी आएको पाँच दिन बित्तिसक्दा पनि सरकारले राहत उपलव्ध गराउन नसक्दा पीडितहरु मर्कामा परेका हुन् ।
जिल्लाको दुई नगरपालिका र २५ वटै गाउँ विकास समिति बाढीबाट प्रभावित बनेको छ । गृहमन्त्री बामदेव गौतमले तीनवटा हेलिकप्टर जुनसुकै बेलामा उपलब्ध गराइने भनेपनि स्थानीय प्रशासनले त्यसको सदुपयोग गर्न नसक्दा हजारौं बाढी पीडितले अझै अन्न खान पाएका छैनन् ।
रेडक्रस र स्थानीय क्लवहरुको सहयोगमा केही स्थानमा मात्र भुजा र चाउचाउसम्म पुगेको छ । पीडित विद्यालय र सडकमा खुल्ला आकाशमुनी आश्रय लिन बाध्य छन् ।
पीडितहरु सडकमै बसेपछि नेपालगञ्ज