प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ भदौ । सदाका दिनहरुमा असार महिनामा खेत रोपाई गर्दा मात्र घन्कने असारे वाली भाकाका गित पञ्चेबाजाको तालमा सन्धिखर्कमा आज दिउसो घन्किए । रोपाइ गरेको अभिनय गदै सजिएर आएका रोपारहरु पञ्चेबाजाको तालमा वाली गाँउदै नाच्दै सन्धिखर्क र चुत्राबेसीका गल्लीहरुमा हिडेका देखिन्थे । अघिअिघि खोक लगाउदै गोरु हिडेका थिए । पछि पछि भजन, भजनको तालमा नाचेका र भजन गाएका मनिसको भीड त्यस पछि राधाकृष्णको रथ र रथको पछि वाली गाँउदै खेतारीहरु हिडेका देखिन्थे । झट्ट हेर्दा लाग्थ्यो पञ्चेबाजा र वाली गाएर खेत रोपिरहेका छन । रोपारहरुसंगै सयौ मानिसहरु हिडीरहेका छन ।
यो दृश्य हो अर्घाखाँची युबा परिसद चुत्राबेसीले निकालेको रोपाइजात्राको । सदाका बर्षहरुमा जस्तै यस बर्ष पनि परिसदले रोपाइजात्रा निकालेको हो । कृष्ण जन्मास्टमीको अर्को दिन श्रीकृष्णको रथ यात्रा संगै, रोपाइजात्रा निकाल्दा भगबान कृष्ण प्रस्न्न हुनुहुन्छ । सुख शान्ती तथा एैश्वर्य प्राप्त हुन्छ भन्ने जनबिस्वास रहेको छ ।
रथयात्रामा रहेको राधाकृष्णको पुजा गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने बिस्वास लिइदै आएको छ । रोपाइजात्रा तथा रथयात्रा चुत्राबेसीमा रहेको सिद्धेश्वर शिबालय मन्दिरबाट सुरु भइ चुत्राबेसीका बिभिन्न गल्ली परिक्रमा गरि पुरानो बस्पार्क, मिडीयाचोक, मेनरोड, शान्तीबगैचा , बैंक रोड, हुदै त्रिबेणीपुर हुदै पुन सिद्धेश्वर शिबालय मन्दिरमा पुगेको थियो ।
रोपाइजात्रामा मानिसकोनै नक्कली गोरु बनाइन्छ । पुरुषहरु महिलाको पोसाकमा गुन्यु चोलो लगाएर खेत रोप्ने रोपारहरु बन्छन । ती रोपारहरुनै पञ्चेबाजाको तालमा रोपाइ गरेको अभिनय गरेर नाच्ने गरिन्छ ।
लोप हुन लागेको सस्कृति र परम्परालाई बचाउन र धार्मिक पर्यटक बढाउनकालागि सदाका बर्षहरुमा जस्तै यस बर्ष पनि रोपाइजात्राको आयोजना गरिएको अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनु भयो ।
यस्तै १०८ गणेश पाञ्चायन मन्दिर शान्ती बगैचाले पनि आज रोपाइ जात्रा तथा रथयात्रा निकालेको छ । रथयात्रा तथा रोपाइजात्राले सन्धिखर्कका बिभिन्न भागको परिक्रमा गरेको छ ।