काठमाडौं, भाद्र २ । एकीकृत माओवादीले बाढी-पहिरोका कारण देशमा उत्पन्न समस्यालाई राष्ट्रिय विपद् घोषणा गर्न माग गर्दै आज संसद बैठक अवरुद्ध पारेको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाढी-पहिरोले उत्पन्न गरेको समस्या सम्बोधन गर्न सरकारले खासै केही गर्न नसकेको भन्दै राष्ट्रिय विपद् घोषणा गरेर उद्धार, राहत र पुनःस्थापनाको काम गर्नुपर्ने बताएका थिए ।
दाहालले बोले लगत्तै एमाओवादी सभासदहरुले रोष्ट्रम घेरेका थिए । त्यसपछि बैठक स्थगित गरिएको हो । IMAGEKHABAR