काठमाडौं, भाद्र ३ । गाजामा पाँच दिनदेखि चलिरहेको युद्ध विरामको अवधि अरु एक दिन थपिएको छ । इजिप्टको मध्यस्थतामा राजधानी कायरोमा इजरायल र प्यालेष्टायनी अधिकारीहरुबीच भएको वार्तामा अरु एक दिन युद्ध रोक्न सहमति बनेको हो ।
गएको वुधवारदेखि जारी युद्ध विराम सोमवार राति सकिएलगत्तै फेरि २४ घण्टा संघर्ष रोक्ने निर्णय गरिएको हो । युद्ध रोकेर स्थायी शान्ति बहालीका लागि पनि प्रयास भइरहेको छ ।
८ जुलाईदेखि इजरायलले गाजामा गरेको हस्तक्षेपमा दुई हजार १६ जना प्यालेष्टायनी सर्वसाधारण मारिएका छन् । हमासले गरेको रकेट आक्रमणबाट इजरायलतर्फ भने ६६ सैनिक मारिएका छन् । AGENCIES