चिलिमे जलविद्युत केन्द्रको विषयमा स्थानीयले गरिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग

चिलिमे जलविद्युत केन्द्रको विषयमा स्थानीयले गरिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । चिलिमेसँग जोडिएको विभिन्न माग राखेर स्थानीयले एक महिनादेखि यहाँ आन्दोलन गरिरहेका छन् ।
प्रहरीसँगै आयोजनासम्बद्ध गुन्डाहरुले पनि स्थानीयमाथि बल प्रयोग गरेको छ । मंगलबार दुई पक्षबीच भएको झडमा प्रहरीले लाठी चार्ज, हवाई फायर र अश्रृग्यास प्रहार गरेको छ ।
आन्दोलनमा रहेका महिला, बृद्धबृद्धा र स्थानीयवासीमाथि प्रहरीले लाठी चार्ज गरेको छ । दर्जनौ आन्दोलनकारीहरु सख्त घाइते भएका छन् । चिलिमेको आन्दोलनको अगुवाई गरिहेका स्थानीय दावागुम्बो तामाङलाई पक्राउ गरिएको छ ।
प्रहरीले धरपकड  र लाठी चार्ज सुरु गरेको पछि आन्दोलनकारी तितरवितर भएका छन् । आन्दोलनरत निहत्थ्या स्थानीयमाथि प्रहरी हस्तक्षेप हुनुले कानुनी राज्यको खिल्ली उडाएको नेपाली काग्रेस जलस्रोत संयोजक जनक जीवन उपाध्यायले बताए । चिलिमेमा एकमहिनादेखि उर्जा मन्त्रालयले हस्तक्षेप गरेको विरोधमा आन्दोलन जारी छ । चिलिमे र त्यसका सहयाक कम्पनीहरुलाई अगग्गै कम्पनी बनाउन नहुने, चिलिमेका पूर्व प्रबन्ध संचालकलाई यथावत् राख्नु पर्ने, उर्जा मन्त्रालयले पव्लिक कम्पनीमाथि सिधै हस्तक्षेप गर्न नहुने माग राख्दै आन्दोलन गरिरहेका छन् । 
चिलिमेको कार्यक्रममा गएका १५ युवा प्रहरी नियन्त्रणमा
प्रकाश अधिकारी
नुवाकोट । प्रमुख तीन राजनैतिक दलले चिलिमे जलविद्युत संचालनका विषयमा रसुवाको थाम्बुचेतमा आयोजना गरेको छलफलमा भाग लिन राजधानीबाट रसुवा जान लागेका दलका १५ जना युवालाई प्रहरीले नुवाकोटमा रोकेको छ ।
चिलिमे जलविद्युत कम्पनीको प्रबन्धक सञ्चालक पदबाट कुलमान घिसिङलाई हटाएपछि निस्किएको विवादमा रसुवाभित्र जलविद्युतका लागि घिसिङ नै चाहिने /नचाहिने भन्ने पक्ष विपक्ष भएपछि समाधानका लागी मंगलबार रसुवाका एमाले, माओवादी र कांग्रेसले औपचारीक कार्यक्रम राखेको थियो ।
एक महिनादेखि पब्रन्ध संचालकका विषयमा आन्दोलन भएपछि समाधानका लागि राखिएको कार्यक्रममा भाग लिन राजधानीबाट त्यस तर्फ जानलागेका यूवा कार्यकर्तालाई प्रहरीले रोकेको हो ।
दुई पक्ष सहभागी हुने कार्यक्रममा झडपको अवस्था आउन सक्ने भन्दै प्रहरी प्रशासनले ती यूवालाई रोकेको थियो । नियन्त्रण्मा रहेको यूवालाई प्रहरीले सोधपुछ मात्र गरेको छ । मोटरसाइकलमा आएका ती कार्यकर्तालाई प्रहरीले राति सदरमुकामको रिसोन होटलमा राखेर मंगलबार बिहानदेखि प्रहरी कार्यलयमा लगेर राखेको छ ।
प्रहरीले माथिल्लो निकायको आदेश भन्दै नुवाकोटबाट रसुवा प्रवेश गर्ने नाकाहरु र सदरमुकाम क्षेत्रमा व्यापक रुपमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा विदुर आइपुगेका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने छहरे टोखा हुँदै सदरमुकाम विदुर आइरहेको दुईवटा निजी गाढीलाई रातिनै राजधानी नै फकाई दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले रसुवामा हुने कार्यक्रममा दुवै समूहका व्यक्ती सहभागी हुने भएपछि सम्भावित घटना रोक्न बाहिरबाट जाने व्यक्तीलाई रोक लगाइएको बताए ।
तीन दलको आयोजनामा हुने कार्यक्रममा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण र चिलिमे अन्तरर्गत सञ्चालित आयोजनाहरु सान्जेन जलविद्युत, रसुवागढी रसुवागढी जलविद्युत लगायत कम्पनीका अधिकारीहरु सोमबार नै रसुवा पुगेका छन् ।
रसुवा एमालेका साथै काग्रेसले कारबाही गरेका व्यक्ती र माओवादीको जगतजंग समूहले  कुलमान घिसिङ हटाउनु पर्ने पक्षमा छनर भने संस्थापन कांग्रेस र माओवादीले घिसिङ हटाउन नहुने पक्षमा उभिएको छ ।
source . ekantipur