त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घुस लिदैँ गरेको अवस्थामा प्रहरी निरीक्षक राजन थापासहित असइ विश्वेश्वर अाचार्य पक्राउ परेका छन् ।
७५ हजार घुस लिदै गरेको अवस्थामा साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट सेटिङ मिलाउन भन्दै उनीहरुले रकम असुलेका थिए । थापा र आचार्य दुबै राष्ट्रिय अनुसन्धान विभागका प्रहरी अधिकृत हुन् ।
त्रिभुवन विमानस्थलमा पछिल्लो समय म्यानपावर कम्पनीहरुले सेटिङ मिलाएर कामदारहरु विदेश पठाउने गरेका छन् ।
वैदशिक रोजगारीका लागि चाहिने पर्याप्त कागजात नपुगेपछि म्यानपावर कम्पनीहरुले फेक कागजात बनाई विदेश पठाउने गरेका छन् ।
वैदेशिक रोजगारीका लागि जाने मुलुक हेरेर प्रतिव्यक्ती १५ हजारदेखि ३५ हजारसम्म तिरेर म्यानपावर कम्पनीहरुले सेटिङ मिलाउने गरेका छन् । SETOPATI