प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची ५ भदौ । झट्ट हेर्दा गाइभैसी बान्ने छोप्रो जस्तो छ । माथी टिनले छाएको छ । वरिपरि खुल्ला छ । त्यसैमा बसेर बिद्याथीहरु अध्यन गरिरहेका छन । पढ्दा पढ्दै पानी पर्यो भने उनीहरु झोला लिएर नजिकै रहेको अर्को कक्षामा पानीबाट ओतीन जान्छन । पानी ओतिएर पुन उहि कक्षामा फर्कन्छन । उनीहरु ओतीन अर्को कक्षमा गए पछि दुबै कक्षाको पढाइ प्रभाबित हुदै आएको छ ।
यो दुख र कस्ट ब्योहोरिरहेका छन अर्घाखाँचीको ठाडा गाविसमा रहेको गौरा माबीका बिद्यार्थीहरु । सरकारले शिक्षामा कैयु रकम लगानी गरिरहेको भए पनि यहाका बिद्यार्थी भने गाइ भैसी बाध्ने जस्तो छाप्रोमा बसेर पढ्दै आएका हुन । उनीहरुलाइ पढाइको भन्दा पनि पढिरहेको समयमा पानी नपरे हुन्थ्यो भन्ने चिन्ता गरिरहन्छन ।
उनीहरु भबन नहुदा बिद्यार्थीहरुले छाप्रोमा बसेर पढिरहेका हुन । बिद्यालयका अन्य कक्षाका बिद्यार्थीहरु राम्रो कक्षामा बसेर पढे पनि कक्षा ९ का बिद्याथीहरु भने बर्षौ देखि छाप्रोमा पढ्दै आएका छन । पानी आयो भने कक्षा ९ र १० का बिद्यार्थीलाइ एकै ठाउमा राखेर पानी ओताउदै आएको तर पानी आएको समयमा पढाउन नसकिने भएकाले समस्या पर्दै आएको बिद्यालयका प्रधनाध्यापक चोपलाल पौडेलले बताउनु भयो ।
पानी परयो भने ९ र १० का बिद्यार्थी संगै बस्छौ तर पढ्न हैन पानीबाट ओतिनका लागि कक्षा ९ का बिद्यार्थी बिक्रम बेल्बासेले बताए । लामो समय देखि भबन अभाबमा छाप्रोमा बसेर पढ्दै आए पनि बिद्यालयमको भबन निर्माणमा कसैले पहल नगरेको उनले गुनासो गरे बिद्यालयमा भबन निर्माणको काम पनि सुरु नभएको हैन । तर २०६८ सालमा बिद्यालय भबन बनाउन सुरु गरे पनि रकम अभाबको कारण अहिले भबन अलपत्र परेको छ ।
आर्थिक बर्ष २०६८र६९ मा जिल्ला प्राबिधिक कार्यलयको शान्तीका लागि बिकास कार्यक्रम बाट आएको सात लाख र स्थानीय सामुदायीक बनको लागानीमा भबन निर्माण गर्न सुरु गरेपनि भुइ तलाको काम र पिल्लर राख्दैमा बजेट सकिएको र थप रकम कहिबाट पनि प्राप्त नहुदा भबन निर्माण कार्य अलपत्र परेको बिद्यालयका प्रअ पौडेलले बताए ।
भबन निर्माणका लागि जिबिस अर्घाखाँची, शिक्षा कार्यलय र सभासद र नेता सबैलाइ अग्रह गरिरहेको भए पनि कहिबाट बजेट आउन नसक्दा भबन निर्माणको काम रोकिएको अभिभाबकहरुले बताएका छन । उनीहरु ऋहिले बिद्यालयमा जो मानिस गए पनि बिद्यालय भबन निर्माणको कुरा राख्ने गरेका छन । समाचार संकलनको लागि जादा पनि उनीहरुले यो संबाद्दाता संग यहि गुनासो गरे ।
बर्षै देखि बिद्यार्थीहरु छाप्रोमा बसेर पढिरहदा पनि भबन बनाउने काममा जिल्ला शिक्षा कार्यलय तथा अन्य बिकासे कार्यलयको ध्यान पुग्न सकेको छैन । चाडै सम्बन्धित निकायको ध्यान जाओस र बिद्याथीहरु ढुक्क साथ पढ्न पाउन यहि हाम्रो चाहना छ ।