अबिरल बर्षासंगै गएको पहिरोले मेची राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

ताप्लेजुङ, भाद्र ५ । अबिरल बर्षासंगै गएको पहिरोको कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ-पाँचथर सडकखण्ड अबरुद्ध बनेको छ । ताप्लेजुङ नगरपालिका ८ स्थित ल्याङ्बा क्षेत्रमा सडक अबरुद्ध हुंदा सयांै यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् ।
विहान करीव ४ बजे सडक माथिबाट झरेको पहिरोले पुरै सडक पुरेको कारण ताप्लेजुङबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारीसाधन बीच बाटोमानै रोकिएका हुन् । 
अहिले स्कईभेटर प्रयोग गरी बाटो खुलाउने प्रयास भईरहे पनि ठुला ठुला ढुङ्गा झरेको कारण सडक खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी प्रकास पौडेलले जानकारी दिए । IMAGEKHABAR