एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षले काठमाडौंमा समान्तर जिल्ला कमिटी गठन

काठमाडौं  । एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षले काठमाडौंमा समान्तर जिल्ला कमिटी गठन गरेको छ । राजधानीमा   पत्रकार सम्मेलन गरी बाबुराम पक्षले महेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ जिल्ला कमिटी बनाइएको घोषणा गरेको हो ।
श्रेष्ठ यसअघि जिल्ला कमिटीका उपाध्यक्ष थिए । बाबुराम पक्षले एमाओवादीका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मालाई उपाध्यक्षमा झारेको छ । ५१ सदस्यीय नयाँ जिल्ला कमिटीमा अधिकांश बाबुराम पक्षका रहेका छन् । गत आषाढ १५ गते अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका हिमाल शर्माको अध्यक्षतामा जिल्ला कमिटी बनाइएको थियो ।
एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम पक्षबीच दूरी बढ्दै जाँदा काठमाडौंमा पनि समानान्तर कमिटी गठन भएको हो । बाबुराम पक्षले यसअघि दर्जन बढी जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ ।
एमाओवादी संस्थापन पक्षले भने समानान्तर कमिटी गठनलाई बाबुराम पक्षले नयाँ पार्टी बनाउने अभ्यासको रुपमा ब्याख्या गर्दै आएको छ । IMAGEKHABAR