चरीको शव बुझन परिवार सहमती, आज यसरी हुदैछ चरीको दाहसंस्कार

प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीको शनिबार दाहसंस्कार गरिने भएको छ । 
सर्बोच्च अदालतले बुधबार प्रहरीलाई चरीहत्याको कारण र अवस्थाको बारेमा १५ दिन भित्र जानकारी गराउन आदेश दिएपछि चरीका परिवारले शब बुझेर दाह संस्कार गर्न राजी भएको चरीकी प्रेमिका खुस्वु ओलीले जानकारी दिइन् ।
झण्डै दुईसाता देखि त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको चरीको शवलाई शनिवार बिहान १०.३० बजे त्रिविबि शिक्षण अस्पतालबाट दाहसंस्कारको लागि पशुपती लैजाने कार्यक्रम रहेको ओलीले जानकारी दिइन् । 
चरीका आफन्ता, परिवारका सदस्य तथा सुभचिन्तकहरुलाई भोली बिहान १० बजेनै टिचिङ अस्पतालमा बोलाइएको छ । नेकपा एमाले धादिङ क्षेत्र नं ३ का क्षेत्रीय उपाध्यक्ष समेत रहेका चरीको दाहसंस्कारका लागि धादिङका एमालेका नेता तथा कायकर्ताहरु समेतको उपस्थीति रहने चरीको परिवारले दावी गरेको छ । 
प्रहरी इन्काउन्टरमा मारिएका चरीको शवलाई शिक्षण अस्पताल महाराजगंज देखि पशुपति आर्यघाट सम्म फुलमाला र अविर जात्रा गदै दाहसंस्कारका लागि लगिने बताइएको छ । 
 
गत साउन २१ गते काठमाडौको भिमढुंगामा प्रहरीले गैरन्यायीक हत्या गरेको भन्दै चरीका आफन्ताले निश्पक्ष छानविनको माग गदै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । झण्डै दुईसाता देखि त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा रहेको चरीको शवलाई गत मंगलबारमात्र पोष्टमार्टम गरिएको थियो । चरीका परिवारले माग दावी गरिएबमोजिम विहिबार सर्वोच्च अदालतले प्रहरीको नाममा करण देखाउ आदेश जारी गरेपछि चरीका परिवारले शव बुझेर दाहसंस्कार गर्न सहमत भएको चरी प्रेमिक खुस्वुले जानकारी दिइन् । 
सर्वोच्चमा दायर गरेको रिटमा चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै घटनामा संलग्न उपर कारबही गर्न माग गरिएको थियो । रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ । रिट दायर गर्न खुस्बु पनि अदालत पुगेकी थिइन् ।
यसअघि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले त्यसै फर्काइदिएको थियो ।प्रहरीले जाहेरी बुझ्न नमानेपछि आफुहरु अदालत धाउन बाध्य भएको चरीका दाजु ध्रुबले बताए ।