काठमाडौं, भाद्र ९ । संविधान निमार्ण र सरकार सञ्चालनबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले र राप्रपाबीच आज भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा आज बिहान भएको छलफलमा सरकार गठन भएको बेला भएको सहमति र कार्यान्वयन, मनोनित २६ सभासद, संवैधानिक नियुक्ति लगाएतका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।
यसअघिको हिजो राति बसेको कांग्रेस एमालेको बैठकमा सरकार सञ्चालन तथा संविधान निर्माणका अन्तवस्तुका विषयमा सहमति जुटाएर अघि बढ्ने निर्णय भएको थियो ।
एकीकृत माओवादीले उच्चस्तरीय राजनीतिक समिति गठनको माग गर्दै तीन दलीय बैठक बहिष्कार गरेपछिको सत्तारुढ दुर्ई दल संविधान लेखन र सरकार संचालकनको विषयमा छलफलमा जुटेका हुन् ।
हिजो एमाओवादीसहितको बैठक डाकिएकोमा एमाओवादीले समिति गठनको माग गरेको थियो । सरकार गठन भएको ५ महिना भइसक्दा समेत २६ सभासद चयन र सवैधानिक नियुक्तिले पूर्णता पाएको छैन । IMAGEKHABAR