भीमदत्तनगर, भाद्र ९ – दार्चुलाका बाढीपीडितले विभिन्न माग राखी दार्चुला जिल्ला बन्द आह्वान गरेका छन् ।
बाढीपीडितलाई सरकारले क्षतिपूर्ति दिनुका साथै पुनःस्थापना गर्न बेवास्ता गरेको भन्दै दार्चुला बाढीपीडित सङ्घर्ष समितिले जिल्ला बन्द आह्वान गरेको हो ।
बाढीपीडितले जिल्ला बन्दका क्रममा बिहानैदेखि नेपाल भारतको सीमा नदी महाकालीमा रहेको झोलुङ्गे पुलमा समेत दुई घण्टा आवागमन ठप्प पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार झण्डै डेढ