चितवन, भाद्र १३ । भारतीय राजदूत रञ्जित रेको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आज चितवन बन्द गरेको छ । बन्दको प्रभाव भने सामान्य रहेको छ ।
स्थानीय रुटका केही सवारी साधानहरु सञ्चालनमा आउन सकेका छैनन् भने लामो यात्राका गाडीहरु निर्वाध रुपमा सञ्चालित छन् । पूर्वी चितवनको रत्ननगरमा बन्द गराउँदै हिडेका नेकपा-माओवादीका ५ जना कार्यकर्तालाई भने प्रहरीले पक्राउ गरेको छ ।
माडीमा भारत सरकारले निर्माण गरेको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको समुद्घाटन गर्न भारतीय राजदूत रे चितवनमा रहेका बेला बन्द आह्वान गरिएको हो ।IMAGEKHABAR