अन्तत सरकारद्धारा संविधानसभामा १८ जना सभासद मनोनयन

काठमााडौं, भाद्र १३ । सरकारले संविधानसभामा १८ जना सभासद मनोनयन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभामा मनोनयन गरिने २६ जना मध्ये १८ जना सभासद मनोनयन गरेको हो ।
आज कांग्रेस, एमाले र राप्रपा नेपालको भागबाट सभासद मनोनयन गरिएको र बाँकी एकीकृत माओवादी लगायतका अरु दलले नाम दिएपछि मनोनयन गरिने सरकारले जनाएको छ ।
आज कांग्रेसबाट मनोनित हुने सभासदमा राधेश्याम अधिकारी, पुष्कर आचार्य, रुक्मणी कोइराला, शिवबहादुर खड्का, रेशम बानियाँ, सुकदेप सुतिहार, सूर्यदेव दास उराव, अनिलकुमार रुङ्गटा र उमेश श्रेष्ठ छन् ।
यस्तै, एमालेबाट मनोनीत हुनेमा अग्नि खरेल, नरेश खरेल, राजन भट्टराई, गंगा डाँगी, मिरा ध्वजु, पेम्बा भोटे, उदय श्रेष्ठ नेपाली र पर्तमान धिमाल छन् ।
यसैगरी, राप्रपा नेपालबाट गणेश थापा सभासद मनोनीत भएका छन् । थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष हुन् ।
बैठकले बाढी-पहिरोमा परी मृत्यु हुनेहरुको परिवारलाई क्रिया खर्च बाहेक १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
यस्तै, *एसीसी यु