एकीकृत माओवादीसहितका विपक्षी दलद्धारा संसद बैठक अवरुद्ध

काठमाडौं, भाद्र १३ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न कांग्रेस र एमाले उदासीन भएको भन्दै एकीकृत माओवादीसहितका विपक्षी दलले आजको संसद बैठक अवरुद्ध गरेका छन् । एमाओवादीको अवरोधपछि संसद बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने पूर्वसहमति कार्यान्वन गर्न कांग्रेस र एमाले उदासीन रहेको, मधेसी दलहरुको विरोधका बाबजुत आफूखुशी संख्या तोकेर सभासद मनोनयन गरेको, द्धन्द्धपीडित र बाढी