सरकारले आगामी वर्षबाट काठमाडौं उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्ने भएको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता राम आधार साहका अनुसार २०७२ सालको आरम्भसँगै काठमाडौं उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्नका लागि नीतिगत निर्णय भइसकेको र थप आवश्यक प्रक्रियाहरु पुरा भइरहेको छ ।
प्रवक्ता साहले व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिले २०७२ सालबाट सुरु हुने गरी काठमाडौं उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा र कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनात्मक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएअनुसार प्रक्रियाहरु अघि बढाइएको जानकारी दिए ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा उनलेले उपत्यका प्रदूषणमुक्त हुने, ढलनिकास सहज बन्ने, जैविक प्रणाली व्यवस्थित हुने र वातावरणको दुष्प्रभावसमेत न्यूनिकरण हुने प्रष्ट पारे । SETOPATI