देशभक्ति भावना जन्मनु पर्छ

बाबु रोका मगर 
मलाई गर्व छ कि म नेपाली हुँ | म त्यो देशको वासिन्दा हुँ जुन देशमा शान्तीका अग्रदुत गौतमबुद्द र नेपालीहरु को शिर सगरमाथा जस्तो शिखरको चमक छ | म त्यो देश को वासी हुँ जहाँँ सबै धर्म रितिरिवाज र संस्कृतीको आदर सम्मान गरिन्छ | यदी म एउटा शब्दमा भनु भने यही भन्दछु “मेरो देश नेपाल सुन्दर,शान्त र बिशाल” |
आज हामीहरु जुन परिस्थितीहरु बाट गुज्री रहेका छौ त्यो हाम्रो लागि शुभको संकेत होइन परन्तु खतरा को बाटोमा अल्मलिरहेका छौ | आजको समयमा प्रत्येक ब्याक्ती बच्चा-बच्चा देखी युवाहरुको को देशभक्तिबाट ओत-प्रोत गर्नुपर्ने छ | उनिहरुलाई यो बताउनु पर्छ हाम्रा पुर्खाहरुले हाम्रो देश नेपाल लाई कसरी गुलाम हुन बाट बचाए? उनिहरुले देखाएका बिरताको गाथा संसारका ठुला ठुला राष्ट्रहरुले किन सम्मान गर्दछन उनिहरुले यसका लागि के कती किम्मत चुकाएका होलान? आज विश्व मा हिन्दू र बहादुर हरुको राष्ट्र भनेर चिनाउने एक मात्र राष्ट्र हो “नेपाल” | अब प्रत्येक नेपाली वासीहरुले कसम खानु पर्छ कि आफ्नो देशलाई कसैको बाहय शक्ती र आन्तरिक शक्तीबाट कुनै पनि परिस्थिती मा हडप्न दिने छैनौ |
आज हाम्रो लागि सबै भन्दा लाज सरमको कुरा यो छ कि हामी आफ्नो विर शहीदहरुलाई मात्र एक बर्षमा एक या दुई दिन मात्र याद गर्दछौ त्यो पनि केही पल केही मिनेटको लागि त्यसैले हामीहरुलाई हाम्रो मातृभूमी नेपाल ले धिक्कारदै छिन | तर हामी यती मुर्ख अनी बहिरो भयौ कि कसैको आवाज सुन्न सकेका छैनौ | हाम्रो एउटै मात्र देशमा अनेक पार्टी,दल अनी संगठन जस्ता बिमारीहरुको जन्म भयो जो नेपाली अखण्डता धर्तिलाई खण्ड-खण्डमा खण्डित गर्न लागि परीरहेका छन | आज आवश्यकता यो कुरा अनी बिचारको छ कि हामीहरु सानो-सानो स्वार्थ,भेदभाव,कटुतपन भुलेर भुलाएर एक यस्तो सुन्दर नेपालको निर्माण गरौ जसको नक्सा एक कदम हिड्दाखेरी नै सारा संसारले सोचुन| आज हाम्रो देशको क्षेत्रवाद,साम्यवाद,प्रान्तवाद आदी इत्यादीले जड् समातेर राखेको छ | यो जड् बाट हामीहरुले मुक्ती पाउनु पर्दछ होइन भने हाम्रा पुर्खाहरुले बचाएर राखेको अस्तित्व र हामीले देखेको सारा सपनाहरु सपनामा नै विलिन हुनेछन |
            
आज हामीहरु राणा,पञ्चे प्रजातन्त्र शासनबाट मुक्त हुँदै गणतन्त्र मा प्रवेस गरेको पनि दश बर्ष हुन आँट्यो तर दु:खको लाग्दो कुरा गणतन्त्रमा जनताहरुले पाउनु पर्ने हक अधिकार सुख सिविधाहरु के-के हुन त जनताहरुलाई यो कुरापनी जानकारी छैन किनकी अहिलेको समय मा कुनै पनी ब्याक्ती भित्र देशभक्ति भावना देखिदैन र छैन पनि | अफसोस को कुरा हामीर्हरु राष्ट्रिय पर्वहरु त खुब धुम-धाम सँग मनाउदछौ तर कुनै यस्तो पहल गर्दैनौ जसबाट देशभक्ती भावना जन-जन को मन भित्र भर्न सक्दैनौ |
यदी हामी जागेनौ भने सबै चिज हाम्रो हात बाट निस्किएर जाने छ अनी तब हामी आफुले आफुलाई माफ गर्ने लायक को समेत हुने छैनौ त्यती बेला सम्म समयले नेटो काटीसक्ने छ | हामीहरु एकले अर्कोको खुट्टा तान्न छोडेर एकै साथ अघी बढ्नु पर्दछ | जुन थाती हाम्रा महापुरुषहरु ले हामीलाई दिए उसलाई हामीले सम्हालेर,सांचेर उसको रक्षा गर्नु छ | 
जो सपना हाम्रा महापुरुषहरु ले देखेका थिए त्यसमा हामी उत्रिन सकेका छैनौ केवल हेरीरहेका मात्र छौ | हामीहरुले ति महापुरुष हरुको सपना साकार गर्नु पर्छ | यसको लागि हामीलाई चाहे कुनै पनि किम्मत चुकाउन नपरोस ? हामी आफ्नो एकता,अखण्डता,विविधता भित्र कुनै आँच आउन दिदैनौ | समाज भित्र रहेका सबै वर्गहरु को आवाजले एउटा आन्दोलन छेड्नु पर्नेछ जो प्रत्येक नेपालीहरु को मन मस्तिस्क भित्र देशभक्ति भावना जन्मन सकोस |