काठमाडौं । सरकारले भारतसँग हुने भनिएको विद्युत् व्यापार सम्झौता (पीटीए) वार्ता गर्न समिति गठन गरेको छ । उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा गठित टोली भोलि नै वार्ताका लागि भारतको नयाँ दिल्ली जाने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पीटीएबारे वार्ता गर्न क्षेत्रीको नेतृत्वमा टोली गरेको हो । वार्तामा टोलीले विभिन्न मस्यौदा र अवधारणा पेश गर्ने सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
गत श्रावणमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणक्रममा दुई देशबीच ४५ दिनभित्र विद्युत् व्यापार सम्झौता पीटीए गर्ने सहमति भएको थियो ।