अर्जुन भुसाल
अर्घाखाँची भदौ १८ । अदालतबाट पाउने सेवा छिटो छरितो र प्रभावकारी हुनुपर्ने एक कार्यक्रममा बोल्ने वत्ताहरुले बताएका छन् । उनीहरुले अदालत प्रतिको आर्कषण सोँचे बमोजिम नभएको भन्दै नागरिकमा सचेतना फैलाउनुपर्ने बताए । जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा भएको अन्र्तक्रियामा कार्यक्रममा बोल्ने वत्ताहरुले सो कुरामा जोड दिए । सहभागिहरुले अदालतबाट नागरिकले धेरै कुराको अपेक्षा गरेकाले सोहि ढंगले कार्य सम्पादनमा तदारुकता देखाउनुपर्ने बताए ।
नेपाल वार एशोसिएशनका अध्यक्ष केवी भुसालले नागरिकले छिटो भन्दा छिटो न्याय चाहेको बताए । उनले प्रहरीकोमा जाँदा छिटो न्याय पाउने हुँदा धेरैले प्रहरीकोबाट मुद्दा मिलाउने गरेको बताए । अदालतमा पुग्दा मुद्दा ढिला गरि मिल्ने भएको कारण प्रहरीकोमा भिड लाग्ने गरेको , उनले भने यसलाई सकरात्मक रुपमा लिनु पर्छ । जिल्ला न्याधिवक्ता भिम प्रसाद भुर्तेलले छिटो छरितो न्याय दिँदा अदालत प्रतिको विश्वास वढेर जाने बताए । नेपाल पत्रकार महासंघका सचिव प्रेमनारायण आचार्यले अदालतको विषयमा धेरै हाउगुजी अहिले पनि कायम रहेकाले यसको न्यूनिकरणमा ध्यान दिनुपर्ने बताए । उनले जिल्लामा सम्वन्ध विच्छेद गर्नेको संख्यामा उलेख्य वृद्धि आएकोले यसको कारण पहिचान गरि न्यूनिकरणमा ध्यान दिनुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला सचिव वासुदेव आचार्यले छिटो छरितो न्याय पाउँदा मात्र सच्चा न्यायको अनुभूति लिन सकिन बताए ।
नेकपा एमालेका जिल्ला सचिवालय सदस्य जनार्दन खनालले न्याय सम्पादनलाई प्रभावकारी बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । एनेकपा माओवादीका जिल्ला सदस्य रामबहादुर रायमाझीले न्यायधिसको भूमिकालाई फराकिलो बनाउने खालको नीतिले न्याय सम्पादनमा प्रभावकारीता ल्याउन सक्ने बताए । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सीले वकिलहरुले सहि ढंङ्गले न्याय सम्पादन गर्न सके मात्र पीडितले वास्तविक न्याय पाउन सक्ने बताए । नेकपा-माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसालले अदालतमा भएका सरकारी वविलको सहायता लिनुको साटो निजि वकिलकै विश्वास धेरै लिने गरेको बताए । सरकारी सेवा सुविधा प्रतिको विश्वास बढाउनु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वोल्ने अधिकांश राजनीतिक दलका नेताहरुले आफूहरुले न्याय सम्पादनमा कुनै पनि प्रकारको हस्तक्षप नगर्ने प्रतिवद्धता जनाएका थिए । प्रहरी नायव उपरिक्षक दीपेन्द्र जिसीले प्रहरीमा झै झगडा र कुटपिटका मुद्दा धेरै आउदा काम गर्न निकै समस्या परेको बताए । उनले प्रहरीको क्षेत्राधिकार भन्दा बाहिरका मुद्दाहरु पनि हेर्न पर्दा नियमित काम कारबाहीमा बाधा पुगेको बताए । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले न्याय सबैलाई चाहिने भएकोले अदालत पनि सबैलाई चाहिने बताए । उनले अदालतलाई सबैले सहयोग गर्नुपर्ने बताए । जिल्ला न्याधिस व्रजेश प्याकुरेलले अन्यायमा परेका सबैले न्याय पाएको महसुस नगरेसम्म न्याय पाएको महसुस नहुने भन्दै त्यसका लागि अदालतले कुनै कसुर बाँकी नराख्ने बताए । अदालत भित्र पसेपछि घरभित्र पसेको अनुभव गर्नुप-यो उनले भने, छिटो छरितो न्याय दिन हामी तयार छौं । उनले देवानी मुद्दाहरु अदालतमा नआएर प्रहरीकोमा जानु सबैको लज्जनस्पद विषय भएको बताए । पीडित पक्षलाई अदालत सम्म लिएर आउन सबैले सहयोग गर्नुपर्छ उनले भने । कार्यक्रममा निमित्त स्थानयि विकास अधिकारी धु्रव गिरी, श्रेष्तेदार मानवहादुर बस्नेत, पत्रकार विरेन्द्र केसी लगायतले बोलेका थिए ।
जिल्ला अदालतले आफूले गरेका कमकारवहीका बारेमा पनि कार्यक्रम मार्फत जानारी गराएको छ । अदालतले ०७०-७१ मा ७१.१० प्रतिशत मुद्दा फछर्यौट गरि मुद्दा तर्फ क वर्गमा परेको छ ।अदालतले मुद्दा फछर्यौट लक्ष्य भन्दा करिव ७ प्रतिशत भइ अपेक्षाकृत उपलव्धी हासिल भएको जनाएको छ । विगतका आर्थिक वर्षहरुमा मेलमिलापको कार्य शुन्य रहेकोमा यस वर्ष मुद्दाको संख्यामा अनुपातमा वृद्धि भएको जनाइएको छ । आर्थिक रुपले विपन्न घरेलु हिंसामा परेका महिला, असहाय बालबालिका तथा सिमान्तकृत वर्गका व्यक्तिहरुका लागि वैतनिक कानुन व्यवसायीको मार्फत निशुल्क कानुनी सहायता उपलव्ध गराइएको अदालतले जनाएको छ । फैसलाले लागेका असुल गर्नुपर्ने कैद तथा जरिवानाको लगतमा उल्लेखनीय रुपमा फछर्यौट गरिएको श्रेष्तेदार मानबहादुर बस्नेतले जाकारी दिए । उनले मुद्दाका पक्षहरुलाई यथासक्य छिटो र समायवधि भित्रै फैसला उपलव्ध गराउने गरिएको बताए । अदालतले गत वर्षबाट उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यको थलनी पनि गरेको कार्यक्रम मार्फत जानकारी गराएको छ ।