तीनजना पूर्वप्रधानमन्त्रीहरुद्धारा निर्धारित समयमै संविधान जारी गर्ने प्रतिबद्धता

दोलखा, भाद्र १८ । तीनजना पूर्वप्रधानमन्त्रीहरुले निर्धारित समयमै संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (एकोराव) को १०औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई बुधबार दोलखामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र पुष्पकमल दाहालले निर्धारित समयमै संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विवादित विषयमा गम्भीर र सकारात्मक छलफल भैरहेको भन्दै उनीहरुले विहीबार साँझसम्ममा सहमति हुने दाबी समेत उनीहरले गरे ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले यहि भाद्र २१ गतेभित्र मुख्य विषयमा सहमति भैसक्ने दाबी गर्दै माघ ८ गतेभित्र प्रजातान्त्रिक संविधान जारी हुने बताए ।
यस्तै, अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजाति तथा भेषभुषाका जनताको सम्मान हुने तथा अधिकार सुनिश्चित गर्ने खालको संविधान बन्नेमा ढुक्क रहन आग्रह गरे ।
यस्तै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबैले अपनत्व महशुस गर्ने खालको संविधान बनाउन आफूहरु लागिपरेको बताए । IMAGEKHABAR