पाकिस्तानको उत्तरी बजिरिस्तान प्रान्तमा तालिबान लडाकुविरुद्ध सेनाले गरेको बृहत कारबाहीमा करिब एक हजार लडाकु मारिए

काठमाडौं  । पाकिस्तानको उत्तरी बजिरिस्तान प्रान्तमा तालिबान लडाकुविरुद्ध सेनाले गरेको बृहत कारबाहीमा करिब एक हजार लडाकु मारिएका छन् । पाकिस्तानी सेनातर्फ ८० भन्दा बढी मारिएका छन् भने २ सय ६० जना घाइते भएका छन् ।
सेनाले उत्तरी बजिरिस्तानका मुख्य सहरहरु नियन्त्रणमा लिएको समेत जनाएको छ । सरकार र  पाकिस्तानी तालिबानबीच शान्ति वार्ता भंग भएपछि गत जुनयता सेनाले लडाकुविरुद्ध सैन्य अपरेसन सुरु गरेको थियो ।
यस अपरेसनका कारण करिब १ लाख मानिस विस्थापित भएका छन् । सैन्य अपरेसन चलिरहेको क्षेत्रमा स्वतन्त्र सञ्चारमाध्यमको प्रवेशमा रोक लगाइएकाले सेनाले पेश गरेको तथ्यांकको स्वतन्त्र पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । IMAGEKHABAR