काठमाडौं, भाद्र १८ । नेपालीहरुको महान् चाड बडादसैंलाई व्यवसायीहरुले आफ्ना विभिन्न माग पूरा गराउने अवसरका रुपमा प्रयोग गर्ने क्रम बढ्दो छ । उपभोक्ताकै नाउँमा उनीहरुले आफ्ना माग पूरा गराउन उपभोक्तालाई नै बन्धक बनाउन लागेका हुन् ।
ग्यास उत्पादक र पेट्रोलियम ढुवानी व्यवसायीहरुले बुधबार एकैदिन पत्रकार सम्मेलन गरी दसैंको मुखमै उपभोक्ताई दुःख दिने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आपूर्ति गर्न कठीन भएको भन्दै ग्यासको कोटा बढाउनुपर्ने माग राखी नेपाल एलपी ग्यास उद्योग संघले आपूर्ति बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
अर्कोतिर नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पनि आफ्ना मागहरु हालसम्म पनि नेपाल आयल निगम एवं नेपाल सरकारले कार्यन्वयन नगरेको भन्दै आगामी भाद्र २१ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले आफूले पटक