काठमाडौं, भाद्र १९ । नेकपा-माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सभा गर्नका लागि प्रमुख तीन दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा विहीबार साँझ मोहन वैद्य पक्षसहितको बैठकले राजनीतिक सभाको कार्यविधि बनाउन ८ सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा नेकपा-माओवादीका देव गुरुङ र पम्फा भुषाल, नेपाली कांग्रेसका नरहरि आचार्य र कृष्ण सिटौला, एमालेका भीम रावल र अग्नि खरेल तथा एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा रहेका छन् ।
कार्यदलले छलफल र गृहकार्य गरी दलहरुलाई प्रतिवेदन बुझाएपछि राजनीतिक सभा बोलाइने जनाएको छ ।
कार्यदलले संविधानका विवादित विषयमा पनि सहमति जुटाउने प्रयत्न गर्ने जनाइएको छ ।
राजनीतिक सभा बोलाउने प्रक्रियाले संविधान निर्माणको कार्यतालिमा कुनै परिवर्तन नहुने दाबी पनि नेताहरुले गरेका छन् । IMAGEKHABAR