काठमाडौं, भाद्र १९ । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमा नै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार रिपोर्टस् क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सहमतिमा निर्धारित समयमै संविधान जारी हुने दाबी गरे ।
संघीयता र शासकीयस्वरुपमा पनि चाँडै नै सहमति कायम हुने दाबी गर्दै प्रधानमन्त्री कोइरालाले वैद्य माओवादीसँग पनि सकरात्मक रुपमा छलफल भैरहेको बताए । IMAGEKHABAR