रोकिएन बाघको आक्रमण, सन्धिखर्कमा बाघको आक्रमणबाट बालिकाको मृत्यु

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २० भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट गएराति एक बालिकाको ज्यान गएको छ । 
 


 


  सन्धिखर्क नगरपालिका वाड न. १० किमडाडा निवासी ५ बर्षिय वालिका सुजाता बिकको आफ्नै घरको आगनमा खेलिरहेको अबस्थामा बाघले आक्रमण गर्दा ज्यान गएको हो ।
  बिहीबार साझ पौने सात बजेको समयमा घरको आगनमा खेलिरहेको अबस्थामा एक्कासी बाघले झम्टिएको थियो ।  बाघले झम्टिएको देखे पछि घरका अन्य सदस्य चिच्चाएर बाघको फन्दाबाट बालिकालाई फुत्काएका थिए ।
   आक्रमणबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पतालमा लगिए पछि उपचारको सिलसिलामा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 
  यसको ३ दिन अघि सन्धिखर्क नगरपालिकाको वाड न. १० गाजरीमा पनि एक बालकबाघको आक्रमणबाट घाइते भएका थिए । उनी अझै सम्म पुर्ण निको भएका छैनन । 
  यस अघि नुवाकोटमा २, किमडाँडामा १ र सन्धिखर्कमा १ गरि ४ जना बालकको ज्यान गए पछि सन्धिखर्क,किमडाँडा, नुवाकोट अर्घा, ढिकुरा लगायतका बासिन्दाले बाघ मार्नु पर्ने बताउदै  आएका थिए ।
 
   गत बर्षको बैसाख ३ गते किमडाँडा गाविस वाड न.  १ मरासिनी टोला निवासी राम प्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युबराज मरासिनीलाई घरैबाट आकमण गरि लगेर बाघले खाएको थियो । 
त्यस भन्दा पहिले नुवाकोट गाविसको वाड न. ४ सुरसिंगमा  दुर्गाबहादुर नेपालीको  छोरा ३ बर्षिय नारायण नेपाली र पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमे नेपालीलाई बाघले खाएको थियो । 
  छोरा छोरी जन्मिए पछि नै कति सपना बुनेका ५ जोडी आमा बुबाहरुको सारा सपनाहरु चक्नाचुर बनेका छन । उनीहरुले जस्तै अब अरुले छोराछोरी गुमाउन नपरोस भनेर बाघ मार्न प्रशासनलाइ आग्रह गरेको स्थानीय बासिन्दाहरु बताउन्छन । 

अन्य समाचारहरु