कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका
]कुनै जिन्दगीमा,सयौं छन् दुखेसा
कुनै मस्तमा छन्,हुँदा उच्च पेशा
कसैको पसीना,गएको छ व्यर्थै
कसैले बृथामै,मिलाए अडेसा
कतै आँसु झर्दा,कतै हुन्छ हाँसो
कतै झुम्छ आँगन,रुँदै छन् करेसा
न पाइन्छ देख्नै,सिधा शुद्ध मान्छे
न ता सत्य बाटो,न हुन्छन् कुलेँसा
जता पाक्छ काफल,उतै उड्छ पन्छी
यही रीत हाम्रो भयो लौ हमेसा
(६ अक्षरमा विश्राम )
भुजङ्गप्रयात छन्द