डिहिडाँडा । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -९ को डिहिडाँडा -फर्जेङखोलामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर एक जना युवकको मृत्यु भएको छ।
चिदिका गाबिस -२ घर भई हाल सन्धिखर्कको अटिकापाटामा बसी मिस्त्री काम गर्दै आएका २३ वर्षिय तारा मुखियाको मृत्यु भएको हो ।
उनी सहित ४,५ जनाको समुहले सोमबार साँझ २ वटा अरिंगालका गोला पोलेका थिए । उनिले पहिलो अरिंगाल गोलो पोलेर अर्को पोलेको गोलो लिन जाँदा रुखको टुप्पो नुग्दा २५ मिटर अल्गो सिमलको रुखबाट खसेका थिए ।
सो घटना लगतै अर्घाखाँची जिल्ला अस्पतालमा उपचारको लागि पुराई थप उपचारका लागि बुटवल जादै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
अर्घाखाँची जिल्लामा साउन-भदौ महिनामा जोखिम उठाई बढी अरिंगाल पोल्ने गरेको देखिन्छ ।
डिभर्नामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -१४ को डिभर्नामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ ।
डिभर्ना बस्ने बसन्त नेपालीकी दुई वर्षिया छोरी पूजा नेपालीको गएको शुक्रवार साँझ करिव सात बजेतिर पोखरीमा तैरीरहेको अवस्थामा शव फेला परेको थियो।