नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले मुलुकमा राष्ट्रिय राजनीतिक सभा गठन भएकाले सोही सभाबाट संविधान जारी गर्नुपर्ने बताएका छन्। क्रान्तिकारी पत्रकार महासङ्घ, इलामले मंगलबार बिहान गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक सभाले मात्र वर्तमान राजनीतिक सङ्कट समाधान गर्ने विचार व्यक्त गरेका हुन्।
संविधानसभाभन्दा बाहिर धेरै पार्टी रहेकाले उनीहरुलाई नसमेटी बनाइने संविधान दीर्घकालीन हुन नसक्ने उनको भनाइ थियो।
माओवादी इलाममा आजदेखि सुरु हुने युवा प्रशिक्षण कार्यक्रममा नेता गजुरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला प्रवक्ता अशोक प्रधानले जानकारी दिनुभयो। रासस