नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनेसहितका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष

काठमाडौं, भाद्र २५ । नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनेसहितका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरबारमा बुधबार बसेको बैठकमा माओवादीको माग बमोजिम राष्ट्रिय राजनीतिक सम्मेलन, त्यसमा लाने एजेन्डा, संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयास भएको थियो ।
बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभामा पठाएका प्रतिवेदनमा छलफल कसरी चलाउने भनेर सामान्य छलफल भए पनि विषयमा प्रवेश नगरिएको जानकारी सञ्चारकर्मीहरुलाई दिए ।
बैठकमा नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेता सहभागी थिए । – IMAGEKHABAR