डडेल्धुरा, भाद्र २५ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले नेपालका ठूला दलहरु विदेशीको इशारामा चल्ने गरेको भन्दै संविधान बन्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
सेती महाकाली राज्य स्तरीय प्रशिक्षण कार्यक्रमका लागि डडेल्धुरा पुग्नु भएका बैद्यले संविधानसभामा परिवर्तन विरोधी शक्तिहरुको बाहुल्यता रहेका कारण लोकतान्त्रिक संविधान बन्न नसक्ने जिकिर गरे ।
उनले ठूला दलहरु आन्दोलनका उपलब्धी समाप्त पार्ने खेलमा लागेको आरोप समेत लगाए । उनले नेपाल भारतबीच हुने भनिएको विद्युत ब्यापार सम्झौता नेपालको हित विरुद्ध भएको दाबी समेत गरे । IMAGEKHABAR