देश टुक्र्याउन पाउने माग अगाडि सार्दै हिँडेको आरोपमा पक्राउ परेका सिके राउतकोबारे सदनमा यथार्थ जानकारी दिन माग

 देश टुक्र्याउन पाउने माग अगाडि सार्दै हिँडेको आरोपमा पक्राउ परेका सिके राउतकोबारे सदनमा यथार्थ जानकारी दिन सरकारसँग विपक्षी दलले माग गरेका छन्।
 
तराई मधेश सदभावना पार्टी नेपालका सभासद महेन्द्रराय यादवले संसदमा बौल्दै राउत हातहतियार बिना जनतामा विचार प्रवाह गर्दै हिड्दा पक्राउ पर्नु अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकको हनन भएको दाबी गरे।
 
एमाओवादी लगायत मधेशवादी दलहरुले विभिन्न माग राख्दै व्यवस्थापिका संसदको बैठक सातौं पटक अवरोध गर्दै यादवले भने, ‘सिके राउत जस्तो पढेलेखेको बुद्धीजिविलाई मधेशमा आफ्नो अधिकारका लागि जनतामाझ जादा पक्राउ गर्नु मधेश र जनजातिलाई उनीहरुको अधिकारबाट बञ्चित गर्ने प्रयास हो।’
 
उनलाई के कति कारणले पक्राउ गरेको हो सरकारले सदन र जनतालाई जानकारी दिन उनले माग गरे।
 
मधेश टुक्र्याउन पाउनु पर्ने माग राख्दै तराईमा अभियान चलाएको आरोपमा प्रहरीले शनिबार मोरङको रंगेलीबाट पक्राउ गरेको थियो। 
 
एमाओवादी लगायत मधेशवादी दलले विगतमा भएका सहमति खासगरी चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै सदन अवरोध गर्दै आएका छन्। प्रधानमन्त्री सुशील कोइराला असोजको ३ गते अमेरिका प्रस्थान गर्नुपूर्व संसदको अवरोध खुलाएर मात्रै विदेश जान पनि उनले माग गरे। SETOPATI