बहुप्रचारित सर्वपक्षीय राजनीतिक सभामा संविधानसभा भित्र र बाहिरका गरी ६४ दलले भाग लिन पाउने

काठमाडौं, भाद्र २९ । बहुप्रचारित सर्वपक्षीय राजनीतिक सभामा संविधानसभा भित्र र बाहिरका गरी ६४ दलले भाग लिन पाउने भएका छन् । चार दलीय कार्यदलले यही भदौ ३१ गते हुने सभामा भाग लिन भन्दै ती दललाई आज निम्तो पत्र पठाउदैछ ।
संविधान सभा बाहिर रहेका नेकपा-माओवादीसहितका दललाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन आयोजना गरिएको सभा एकै दिनमा सम्पन्न हुनेछ ।
सभामा नयाँ संविधानका अन्तरवस्तुका विषयमा मात्र छलफल गरिनेछ भने सभाबाट आएका निष्कर्षलाई प्रधानमन्त्रीमार्फत संविधान सभामा प्रवेश गराउन दलहरु सहमत भएका छन् ।
नेपाली कांग्रेस, नेकपा