इजिप्टको उत्तरी सिनाइ प्रान्तमा सडकछेउ राखिएको बम विष्फोट हुँदा ६ जना इजिप्सियन प्रहरी मारिएका छन् । गाजासँग सीमा जोडिएको राफा नजिकको सडकमा गराइएको विष्फोटमा दुई प्रहरी अधिकृत घाइते भएका छन् ।
अल कायदासंँग सम्बन्ध रहेको अन्सार बेइत अल माक्डिसकले विष्फोटको जिम्मेवारी लिएको छ । समूहले मोहम्मद मुर्सीको मुस्लिम ब्रदरहुडका सयौं इस्लामिक नेताको हत्या र हजारौंलाई पक्राउ गरिएको विरोधमा आक्रमण गरेको जनाएको छ ।
सेनाले मुर्सीलाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि सिनाइ प्रान्तमा लडाकुहरुले सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण गरिरहेका छन् । (एजेन्सी)