सरकारले परिवार नियोजन कार्यक्रम सुरु गरेको ५५ वर्ष पुरा भएपनि नेपालमा अझै एक तिहाई महिला नचाहेरै गर्भवती हुने गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, स्वास्थ्थ ब्यवस्थापन सूचना प्रणालीको पछिल्लो तथ्थांक अनुसार नेपालमा झन्डै २ लाख १५ हजार महिलाले नचाहेरै गर्भधारण गर्दछन् ।
गत वर्ष गर्भवती भएका ७ लाख २१ हजारमध्ये ३० प्रतिशतले गर्भधारणको चाहना नै राखेका थिएनन ।
परिवार नियोजनका साधनमा पहुँच नहुनु, पहुँच भएका ठाउँमा पनि उपयुक्त छनोट एवं प्रयाेग गर्ने तरिकाबारे परामर्श नपाउनु, सुरक्षित समयमा यौनसम्पर्क गर्ने र वीर्य बाहिर झार्ने प्राकृति विधि नअपनाउनुजस्ता कारणले अनिच्छित गर्भधारण बढ्दै गएको हो ।