काठमाडौं, आश्विन १ । ठूला भ्रष्टाचारीलाई नछोई झिनोमसिनो भ्रष्टाचारमा मात्र हात हालेको विषयमा व्यवस्थापिका संसदको सुशासन र अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग वयान लिएको छ ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नीतिगत भ्रष्टाचारलाई पनि छानबिनको दायरामा ल्याई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
समितिले छानविनको नाममा अनावश्यक दुःख नदिन पनि निर्देशन दिएको छ । ठूलालाई उन्मुक्ति दिएर साना कर्मचारीहरुलाई मात्रै समातेको लगायतका गुनासोबारे जवाफ दिन अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की आज बिहान सो समितिको बैठकमा उपस्थित भए ।
बैठकमा पत्रकारलाई भने निषेध गरिएको थियो ।बैठकमा समितिका सदस्यहरुले ठूलाखाले अनियमितता नहेरेको भन्दै अख्तियारको आलोचना गरेका थिए ।
IMAGEKHABAR