शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तीब्र पारेको छ । चाडपर्वको समयमा अखाद्य बस्तुको विक्री वितरण बढन सक्ने भन्दै प्रशासनले अनुगमनलाई तीब्र पारेको हो ।
प्रशासनले बुधवार सन्धिखर्कका किराना पसल तथा केहि होटलहरुमा अनुगमन गरेको छ । प्रशासनले किराना तथा गल्ला स्टोर्सका गोदाममा पनि अनुगमन गरेको छ । अनुगमनमा केहि किराना स्टोर्सका गोदाम पनि अव्यवस्थित भएको पाइएको छ । किराना तथा गल्ला पसलहरुमा अखाद्य तथा उपभोग्य मिति नाघेका बस्तुहरु बिक्री वितरण गरेको पाइएको छ ।
अनुगमनमा ५१ ओटा आटा, ३३ पोका चकलेट, १२ केजि ढुङग्री, १५ केजि दाल, ५ केजी सिद