बेलायतको अभिन्न अंग स्कटल्याण्ड बेलायतमै रहने वा छुट्टिने भन्नेबारे जनमत संग्रह

बेलायतको अभिन्न अंग स्कटल्याण्ड बेलायतमै रहने वा छुट्टिने भन्नेबारे आज जनमत संग्रह हुँदैछ । जनमत संग्रहमा दुबै पक्षबीच कडा प्रतिस्पर्धा हुने अन्र्ताष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
एस भोट र नो भोट गर्न स्कटल्याण्डका करीब ४२ लाख मतदाता हुने अनुमान गरिएको छ । छुट्टिनेहरुले एस भोट तथा नछुट्टिनेहरुले नो भोट गर्नुपर्नेछ । तीन सय सात वर्षसँगै रहेको स्कटल्याण्ड अलग्गिने विषयमा बहस चल्न थालेपछि गतवर्ष यसको टुंगो जनमत संग्रहबाट गर्ने सहमति बनेको थियो ।
स्वतन्त्र देशको पक्षमा एलेक्स सालमोन्ड स्कटिस नेशनल पार्टी लागेको छ भने महारानी एलिजावेथले भोट हाल्नु अघि निकै गम्भीर हुन सबै स्कटल्याण्डवासीलाई अपील गर्नुभएको छ । प्रधानमन्त्री डेबिड क्यामरुनले विपक्षमा मत हालेर वेलायतको एकता जोगाइराख्न अपील गर्नुभएको छ ।
कुनै बेला विश्वमा साम्राज्य फैलाएको बेलायत आफुसँग रहेको चार मध्ये एक स्कटल्याण्ड गुमाउँछ वा सँगै राख्न सफल हुन्छ भन्नेमा विश्वकै ध्यान तानिएको छ । AGENCIES