काठमाडौं, आश्विन २ । नेपालले भारतसँग उर्जा विकास सम्झौता (पीडीए) गर्ने भएको छ । माथिल्लो कर्णाली जलविद्युत् परियोजना प्रवद्र्धक कम्पनी जीएमआरसँग आयोजना विकास सम्झौता पीडीए गर्न कांग्रेस र एमाले सहमत भएका छन् ।
सहमति जुटे लगत्तै प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको लगानी वोर्डको बैठकले जीएमआरसँग सम्झौता गर्ने निर्णय गरेको छ ।
बैठकपछि वोर्डले जारी गरेको विज्ञप्तिमा यो प्रगतिले देश तथा विदेशमा नेपाल प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त स्थल भएको सन्देश जाने उल्लेख गरिएको छ । IMAGEKHABAR